चम्चाले भन्दा पनि हातले खाना खानु फाइदाजनक
Published:
by .विराटनगर । हिन्दूधर्मको वेदहरुका अनुसार हातले खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
तर, आजकल धेरै जसो मानिसहरूले हातले भन्दा पनि चम्चाले खाना खाने गरेको पाइन्छ । विभिन्न रसायनले बनेको चम्चाको तापमान खानाको तापक्रम अनुसार बदलिने हुदा शरीरमा हानी पुग्न सक्छ ।
विश्वभरको तथ्यांक हेर्ने हो भने धेरै जसो मानिसले चम्चा तथा काँटाले खानु भन्दा पनि हातले खानु सहज मान्छन् । आयुर्वेदका अनुसार सिधै हातले खानाको स्वाद लिँदा खाना बढि पौष्टिक तथा स्वास्थ्य बर्धक हुन्छ ।
खाना खाने क्रममा हातले खाना छुने बित्तिकै खाना कति तातो या चिसो छ भन्ने कुरा थाहा हुने हुदा हातले खाना खादा तातो खानाका कारण मुख पोल्नबाट बचिन्छ ।
तर, चम्चाले खाना खाने गर्दा खाना तातो वा चिसोबारे जानकारी लिन नसक्ने हुदा मुख पोल्छ । चम्चाले खाना खादा पेट नभरेको तथा खान नपुगेको महसुस हुन्छ । हातले खाना खाँदा हातका औँला आपसमा मिलेर मुद्रा बन्छ, जसले शरीरमा विशेष प्रकारको ऊर्जा उत्पन्न गराउछ ।
हातले खाना खाने गर्दा पेटमा पाचन रसको उत्पादन गर्नमा मद्दत पुगी खाना राम्ररी पच्छ । हातले खाना खाँदा हात, मुख, पेट, आन्द्रा तथा मस्तिष्कको बीच एक मजबुत सम्बन्ध बन्छ जसले गर्दा खाएको खाना सजिलै संग पच्ने गर्छ ।
प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन सकिन्छ । तर, काँटा चम्चाले राम्ररी मिसाउन नसक्ने त्यो काम पेटले गर्नु पर्ने हुन्छ ।
पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेट माथिको दबाब कम भइ पाचन प्रक्रिया सन्तुलित हुन्छ जसकारण, कब्जियत, अपच तथा डकार आउने जस्ता समस्याहरू कम भएर जान्छ । हातले खाना खादा हातको सञ्चालन, अभ्यास तथा एक्सर्साइज पनि हुन्छ ।
हातले खाँदा पेट राम्रोसँग भरिने हुदा मनमा तृप्ति मिल्नेछ जसले तौल घटाउन र बढाउनका लागि पनि निकै मद्दत पुग्ने देखिएको छ । हातले खाना खादा टाइप २ मधुमेहबाट टाढा रहन सहयोग पुग्छ ।
Comments