Sajhamanch Archive

विश्वका पाँच सुन्दर ठाउँ, जहा २४ सै घण्टा सूर्य चम्किरहन्छ

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by .

काठमाडौं । सुन्दा केहि अचम्म लाग्न सक्छ, तर सत्य यही हो कि विश्वामा केही यस्ता ठाउँ छन्, जहाँ २४ सै घण्टा घामको प्रकाश रहन्छ अर्थात् अध्यारो हुँदैन । पृथ्वीले सूर्यको वरिपरि चक्कर लगाउने तरिक यस्तो छ, कि पृथ्वीको कुनै भागमा सँधै सूर्यको उज्यालो रहिरहन्छ । जसका कारण यी देशका केही ठाउँमा २४ सै घण्टा उज्यालो रहन्छ ।

नर्वे– यो देश अर्काटिक घेरको भित्र पर्दछ । नर्वेलाई मध्यरात्रिको देश भनेर पनि चिनिन्छ । मेदेखि जुलाइको बिचको करिब ७६ दिनसम्म यहाँ सूर्य अस्ताउँदैन । त्यसो त नर्वेको एक सहर पनि छ जहाँ एक सय बर्षसम्म सूर्य नै देखिएन । उक्त सहर पहाडै पहाडले घेरिएको छ । यद्यपी, इन्जिनियरहरुले एकतिर अनौठो प्वाल बनाए र सिसाको मद्दतले नयाँ सूर्य नै बनाए । काँच(सिसा)लाई यस्तो तरिकाले राखिएको छ, जहाँबाट सूर्यको किरण पहाडले घेरिएको सहरसम्म पुग्छ । त्यस सहरमा दिनको समयमा मानिसको राम्रै भिड लाग्ने गर्दछ ।

क्यानाडा – विश्कै दोस्रो ठूलो देश क्यानाडामा धेरै जसो समय हिउँले ढाकिरहेको हुन्छ । तर, यस देशको उत्तर–पश्चिमी भागमा गर्मीको समयमा ५० दिनसम्म २४ सै घण्टा सूर्य चम्किरहन्छ ।

आइसल्यान्ड – ‘ग्रेट ब्रिटेन’ पछि यूरोपको सबैभन्दा ठूलो आइसल्यान्ड हो । यहाँ मे महिनाको १० तारिखदेखि जुलाइको अन्त्यसम्म सूर्य अस्ताउँदैन । यस ठाउँमा ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन् ।

अलास्का – अलास्कालाई सुन्दर हिमनदीको देश भनेर चिनिन्छ । यहाँ पनि मे महिनादेखि जुलाइबीचको १४४० घन्टाको एक दिन हुन्छ । किनभने, १४४० घन्टासम्म सूर्य अस्ताउँदैन ।

फिनल्यान्ड – हजारौँ ताल र टापुले सजिएको यस देश अत्यन्तै सुन्दर र आकर्षक छ । गर्मी मौसममा यहाँ करिब ७३ दिनसम्म सूर्यले आफ्नो प्रकाश छरिरहन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *