Sajhamanch Archive

दम्पतीले जान्नुपर्ने एकअर्काको कुरा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

एकअर्काप्रति विश्वास, भरोसा, आत्मियताले दाम्पत्य जीवन सुखमय हुन्छ । एकअर्काको दुःख–सुख बुझ्ने, रुची र आकंक्षा बुझ्ने हुनुपर्छ । साथसाथै आपसमा ख्याल पनि राख्नुपर्छ । जब श्रीमान्–श्रीमती दुबै मानसिक र शारीरिक रुपमा स्वस्थ, तन्दुरुस्त हुन्छन्, तब उनीहरुको जीवन हाँसीखुसी बित्छ ।

पार्टनरको पारिवारिक स्वास्थ्य

– परिवारमा कसमा कस्तो स्वास्थ्य समस्या छ, यसको जानकारी हुनैपर्छ । मधुमेहदेखि उच्च रक्तचाप जस्ता समस्याले कोही न कोही  ग्रसित हुनसक्छन् ।

-आफ्नो परिवारका स्वास्थ्य स्थितीबारे बेलावखत छलफल गर्नुपर्छ ।

-परिवारको रोगबाट वेवास्ता गरियो भने त्यसको प्रभाव दोस्रो पुस्तामा समेत देखिन सक्छ । तपाईको बच्चाले जन्मदै रोग लिएर आउन सक्छ ।

-परिवारका सदस्य बेला बेलामा आफुनो स्वास्थ्य जाँच गराउनुपर्छ । साथै विज्ञको परामर्श पनि लिनुपर्छ ।

पार्टनरको तौल

–अक्सर एकसाथ भएर पनि थाहा हुँदैन कि, पार्टनरको शरीर कति भद्दा भइसक्यो भन्ने कुरा ।

-यदि पार्टनरको तौल अनियन्त्रित रुपमा बढ्दैछ भने त्यसलाई नियन्त्रण गर्न सहयोगी भूमिका खेल्नुपर्छ ।

– यदि तौल बढिरहेको छ भने डाइट प्लान बनाउने, व्यायाम गर्ने कामलाई निरन्तरता दिन सकिन्छ ।

सुत्ने तालिकाबारे चासो

– सुत्ने बानीमा परिवर्तन हुँदैछ भने, सर्तक हुनुपर्छ । किनभने पार्टनर मानसिक चिन्तामा पो छन् कि ?

-यदि पार्टनर लगातार तनावमा छन् भने उनीहरु सुत्न सक्दैनन् । उनीहरु विस्तारै विस्तारै आक्रमक र रिसाह हुँदै जान्छन् ।

–  पार्टनरसँग बुझ्नुपर्छ कि, उसलाई के कुराले चिन्तित बनाएको छ ?

– पार्टनरलाई आवश्यक सल्लाह, सुझाव दिने र हौसला बढाइदिने काम गर्नुपर्छ ।

 कुनै यौनजन्य रोग छ कि ?

-पार्टनरलाई यौनजन्य रोग भएर पनि त्यसलाई लुकाउन सक्छ । तर, यस्तो कुरा पार्टनरबीच खुलस्त हुनुपर्छ ।

-पार्टनरलाई यौनजन्य रोग भए दुबै मिलेर त्यसको निदान खोज्नुपर्छ ।

मानसिक स्वस्थ्य स्थिती

-पार्टनर किन झर्कन्छ, किन चाडै रिसाउँछ ? त्यसको कुनै न कुनै कारण हुनसक्छ ।

पार्टनर रिसाएको बेला बादबिवाद गर्ने भन्दा बरु रिसाउनुको कारण खोज्नुपर्छ । यसले सहि निकास निकाल्न सजिलो हुन्छ ।

-श्रीमान र श्रीमती मानसिक रुपले पनि स्वस्थ्य हुनुपर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *