Sajhamanch Archive

विर्तामोड र अर्जुनधारा नगरपालिकाले बसपार्कलाई सुन्दर र व्यवस्थित बनाउने

Published: (Updated: ) in समाज by .

अर्जुनधारा । अर्जुनधारा र विर्तामोड नगरपालिकाले बसपार्क तथा बजार व्यवस्थापन गर्ने भएको छ ।

अर्जुनधारा नगरपालिका नगर प्रमुख हरिकुमार राना र विर्तामोड नगरपालिका नगर प्रमुख धुव्रकुमार शिवाकोटीले बसपार्क तथा बजार व्यवस्थापन समिति कार्यालयको उद्घाटन गर्दै डस्टबीन व्यवस्थापन कार्यक्रम गर्ने र बसपार्कलाई सुन्दर व्यवस्थित बनाउने बताए ।

बसपार्क तथा बजार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रम बसपार्कबासी सक्रिय भएर सहकार्य गर्दा सफा, सुन्दर र समृद्ध नगर हुनेमा उनीहरुले विश्वास व्यक्त गरे । विर्तामोड नगरका प्रमुख शिवाकोटीले थप अगाडि भने– बसपार्कमा समितिले संकलन गरेको रकमसहित सदुपयोग हुने नपुगेमा नगरपालिकाले पनि प्रदान गर्ने बताए ।

यता अर्जुनधारा नगरपालिका प्रमुख रानाले फोहोरलाई मोहोरमा रुपान्तरण पु¥याउन केही ध्यान दिनुपर्ने बताए । स्थानीय समितिले लिएको योजनामा आफू सधैं रहने उनले बताए । कार्यक्रममा २५ वटा फोहोरमैला व्यवस्थापनका लागि डस्टबीन अर्जुनधारा नगरले वितरण समेत गरेको थियो । कार्यक्रममा विर्तामोड इलाका प्रहरी कार्यालयका डिएसपी कृष्णप्रसाद कोइरालाले मानविय शोषण गरेर धन आर्जन गर्ने व्यक्तिको लागि प्रहरीले नछाड्ने बताए । त्यस्ता कार्यमा प्रहरीले साढगाँढ गरेको जानकारी आफूले जानकारी प्राप्त हुन साथ कारबाहीको दायरामा ल्याउने स्पष्ट्र पारे ।

“पूर्वको नमूना बसपार्क विकास गर्न सकिन्छ,” बसपार्क समितिका शिव पौडेलले भने । बजारको ट्राफिक व्यवस्थापनका लागि आवश्यक कार्य अगाडि बढाउनु पर्ने बताए । कार्यक्रम बिर्तामोड नगरपालिका वडा–५ का अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नारी कल्याण झापाका सचिव प्रेमा भट्टराई, समाजसेवी शंकर ढुंगेल लगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *