तनाव कम गर्नेदेखि पेटको बोसो घटाउनसम्म मुस्कुराउनु जरुरी
Published:
by .विराटनगर । शरिरको तौल घटाउनका योग र व्यायाम नै आवश्यक हुने हुँदा यसको लागि हामीले छुट्टै समय लिनुपर्छ जस्तो सबैलाई लाग्छ ।
तर, हाम्रो मुस्कान पनि एक योग हो जसले सजिलैसँग पेट घटाएर फिट रहन मद्दत गर्न सक्छ । मुस्कानले अनुहारको सुन्दरता बढाउनुका साथै पेटलाई पनि पातलो बनाउन सक्छ ।
पेटमा बढेको बोसोले चिन्तित व्यक्तिहरू अन्य योगासनका साथै मुस्कुराउन पनि सक्छन् ।
यसले तपाईंको अनुहारको मांसपेशीहरूलाई कडा राखेर थप आकर्षक बनाउने गर्छ ।
मुस्कानले अनुहारका मांसपेशीहरूलाई धेरै असर गर्छ । मुस्कुराउँदा अनुहारका मांसपेशीहरू तन्किन्छन् जसकारण अनुहारको कोषहरूमा रक्तसञ्चार बढ्ने हुन्छ । बढ्दो रक्तसञ्चारले हाम्रो स्नायुहरूमा अक्सिजनको स्तर पनि बढाउँछ ।
यो अक्सिजन र बढेको रक्त संचारले अनुहारको रंगत बढाउन काम गर्छ र यसले नयाँ ऊर्जा पनि भर्छ ।
उत्त ऊर्जाले तनाव कम गर्न पनि मद्दत गर्छ । र तनावमुक्त अनुहारले मानिसलाई राम्रो महसुस गराउँछ ।
हास्दा पेटको बोसो पनि घटेर जान्छः हाम्रो शरीरमा प्रायस् चार वटा ठाउँहरू हुन्छन् जसमा सबैभन्दा बढी बोसो हुन्छ । यसमा पेट, थाई, पाखुरा र अनुहार समावेश छन् ।
हाम्रो पेट र अनुहारमा बोसो जम्मा हुनुको मुख्य कारण शरीरमा कर्टिसोलको हर्मोन बढ्नु हो ।
कोर्टिसोल हार्मोनको स्तरमा बृद्धि भएपछि शरीरका मांसपेशिहरू फूल्न थाल्छन् ।
जसकारण बोसोको उपस्थिति बढ्दै जान्छ । तर, जब हामी तनावमुक्त रहेर अनुहारमा हरदम मीठो मुस्कान राख्छौं, वा हास्छौ तब अनुहारको मांसपेशीहरू व्यायाम हुन्छ र नसामा अक्सिजनको प्रवाह बढ्छ ।
यस कारणले तनावको स्तर कम हुन्छ र शरीरमा कोर्टिसोल स्राव पनि कम हुँदै जान्छ । साथै, मुस्कुराउँदा दिमागमा डोपामाइनको स्राव बढ्छ । डोपामाइन हर्मोनले हामीलाई खुशी राख्न काम गर्छ ।
जतिसुकै समस्या भए पनि मुस्कुराउँदा तनावको मात्रा केही हदसम्म कम हुन्छ । हाम्रो शरीर र दिमाग दुबै आरामदायी महसुस गर्छन् ।
यदि गाह्रो समयमा पनि हाँस्ने बानी बनायौं भने, यसले मोटोपनालाई पनि धेरै हदसम्म नियन्त्रण गर्न मद्दत गर्छ ।
Comments