Sajhamanch Archive

सुनको मूल्य ९० हजार नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by .

काठमाडौं । सुनको मूल्य ९० हजारभन्दा माथि पुगेको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *