Sajhamanch Archive

पानी परेको मौकामा क्‍वारेन्टाइनबाटै कोरोना संक्रमित फरार

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

सप्तरी । सप्तरीमा कोरोना संक्रमित भएका एक पुरुष सोमबार क्वारेन्टाइनबाट फरार भएका छन्।

हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित बीपी मावि भारदहको क्वारेन्टाइनबाट सोही वडाका २४ वर्षीय पुरुष फरार भएका हुन्। कोरोना संक्रमितको रिपोर्ट आएपछि उनलाई अरुबाट अलग्याएर छुट्टै कोठामा राखिएको थियो। पानी पर्न थालेपछि सुनसान भएको मौका छोपेर उनी फरार भएका हुन्।

फरार संक्रमितको खोजीका लागि प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालित भएका छन्। दुई वटा विवाह गरेका फरार संक्रमित गाउँमा फेला नपरेपछि सीमावर्ती भारत विहार कुनौलीमा रहेको ससुराली घरमा लुकेको आशंका गरिएको छ। भारतको छत्तिसगढबाट जेठ २२ गते आएका उनको स्वाब परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर पठाइएको थियो। उनी र हनुमाननगर कंकालिनी नगरपालिका–७ का २९ वर्षीय एक सरसफाई कर्मचारीमा सोमबार कोरोना संक्रमण देखिएको हो।

स्रोत : अन्नपूर्ण पोस्ट्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *