Sajhamanch Archive

नगर सभा ढिलाई हुनुमा बाह्य हस्तक्षेप : नगरप्रमुख आचार्य

Published: in राजनीति, समाज, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगर सभा ढिलाइ हुनुमा बाह्य हस्तक्षेप भएको बताएका छन् ।

विहीबार काँकरभिट्टामा पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले यस्तो कुरा बताएका हुन् ।

उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण ढिलाई हुन पुगेको दावी गरे ।

स्थानीय तहले असार १० गते भित्र नगर तथा गाउँ सभामा बजेट प्रस्तुत गर्नै पर्ने संवैधानिक ब्यवस्था छ । उक्त नीति तथा कार्यक्रम सहितको बजेट असार २५ गतेसम्मको नगर सभाबाट सम्पन्न गरिसक्नु पर्ने प्रावधान छ ।

नगरपालिकामा जनप्रतिनिधिहरुको बहुमत र अल्पमतको विवादका कारण नगर सभा रोकिएको बुझिएको छ । मेचीनगरमा बुधबार नगर सभा शुरु भयोे तर नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेन । नेकपालाई लक्षित गरी नगरप्रमुख आचार्यले भने जनप्रतिनिधिहरुको बहुमत र अल्पमतको खेलले आफुले भने जस्तो बजेट ल्याउन नपाएकोमा विवाद उत्कर्षमा पुगेको बताए ।

नगरलाई नै घाटा हुने गरीको बाहिरबाट ल्याइएको बजेट लागु गर्न नसक्ने भएकोले नगर सभा रोकिएको आचार्यको भनाई छ । विहीबार नेकपा, नेपाली काङ्ग्रेस लगायत दलका झापा प्रमुखहरुसँग नगरप्रमुख आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीले छलफल गरेका थिए ।

जवाफदेहिताको हिसावले सबै पार्टीका नेताहरुसँग छलफल गरेर २/३ दिनभित्र जनमुखी बजेट ल्याउने नगरप्रमुख आचार्यको भनाई छ ।

उपप्रमुख उप्रेतीले नगरप्रमुख र उपप्रमुखले तयार पारेको नीति तथा कार्यक्रम चाडै प्रस्तुत हुने जानकारी दिइन् ।

यसपटक २०७७/७८ का लागि १ अर्व ४६ करोड ६० लाखको बजेट आउन लागेको छ । यसमा संघिय र प्रदेश सरकारको शर्सत तथा अन्य अनुदानका बजेट नगरले चलाउन पाउँदैन । नगरको आन्तरिक करिव ६० करोड प्रशासनिक, वडागत तथा अन्य शिर्षकमा मात्र बजेट खर्च गर्न सक्नेछ । गतवर्ष पनि करिव ७० करोडमा २२ करोड बचत भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *