Sajhamanch Archive

स्कोरपिओको ठक्करबाट तीन जनाको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका वडा नं.७ मा स्कोरपिओ गाडीको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरी मोरङका डीएसपी दिलिप गिरीले बताए।

गिरीकाअनुसार स्कोरपिओले सोही दिशामा हिँडिरहेकी पैदल यात्री महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको डीएसपी गिरीले जानकारी दिए।

गाडीको ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ। पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा बिहीबार राति १० बजे मृत्यु भएको गिरीले बताए।

स्कोरपिओका धनीसमेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *