Sajhamanch Archive

नेकपा नेताले किन प्रयोगमा ल्याए ‘भाइरस रिमुभिङ कार्ड ?

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक चलिरहेको छ। स्थायी कमिटीको पहिलो दिनको बैठकमै दुई अध्यक्ष र वरिष्ठ नेताबीच घोचपेच भयो। पहिलो बैठकमै घोचपेचमा उत्रिएका नेताहरुको गलामा भने एकै खालको कार्ड झुण्डिएको छ। बैठकमा सहभागी सबै स्थायी कमिटी सदस्यहरुले ‘भाइरस रिमुभिङ कार्ड’ भिरेका छन्।

स्थायी कमिटीको बैठकमा भाग लिन बालुवाटार छिरेका नेताहरुले यस्तो कार्डको प्रयोग गरेपछि जनचासो बढेको छ। कोरोना भाइरसको महामारीका बेला नेताहरुको गलामा झुण्डिएको ‘भाइरस रिभुभिङ कार्ड’ धेरैको ध्यान तानेको छ।

आखिर कहाँबाट आयो त यो भाइरस रिमुभिङ कार्डरु कसले वितरण गर्‍यो यो कार्डरु यसले कसरी काम गर्छरु धेरैले यी प्रश्‍नको उत्तर खोजिरहेका छन्।

माधव नेपालले बाँडे

स्थायी कमिटीका सबै सदस्यको गलामा झुण्डिएको यो कार्ड वरिष्ठ नेता माधवकुमार नेपालले नेताहरुलाई वितरण गरेका हुन्। नेता नेपालले कोरोना भाइरस संक्रमणको बेलामा सबैखालका भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्न दिन यो कार्ड वितरण गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए।

‘उहाँले व्यक्तिगत खर्चमा यो कार्ड किनेर बैठकमा वितरण गर्नुभएको हो। यो कार्ड लगाएपछि एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्न सक्दैनु, उनले भने, यसले भाइरस क्याप्चर गर्छ भनेर वितरण गरिएको हो।

’ गौतमका अनुसार यी कार्ड बजारमा किन्दा प्रतिगोटा ६ सय ५० रुपैयाँ पर्छ। तर प्रतिकार्ड २५ रुपैयाँ छुटमा किनिएको उनले बताए। ‘प्रतिकार्ड ६ सय ५० पर्ने रहेछ। हामीले धेरै किनेकाले प्रतिगोटा २५ रुपैयाँ डिस्काउन्ट भयो’ उनले भने, ‘यो एउटा कार्ड ३० देखि ४५ दिनसम्म प्रयोगमा ल्याउन सकिन्छ।’ बैठकमा सहभागीलाई ५० वटा खरिद गरिए पनि केही बिग्रिएकाले थप १० वटा किनेर ल्याएको उनले बताए।

बैठकमा नेता नेपालले वितरण गरेको कार्डको प्रभावकारीताबारे जानकारी नभएको नेकपा एक नेताले बताए। ‘उहाँले यो कार्ड वितरण गर्नुभयो। खास यो कार्ड प्रयोगबारे जानकारी छैन’ ती नेताले भने, ‘उहाँले दिएपछि हामीले कहाँबाट किन ल्याइयो भन्ने सोध्ने कुरा पनि भएन।

सरुवा रोग नियन्त्रणमा सघाउँछ : डा. भण्डारी

विश्वमा नै यो कार्ड नयाँ भएकाले यसको प्रयोगबारे अध्ययन भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारी बताउँछन्।

‘यस्तो खालको कार्ड नयाँ प्रयोग हो। यसबारेमा अहिले अध्ययन भइरहेको बुझिएको छ’, उनले भने, ‘यसले भाइरस क्‍याप्चर गर्ने भन्दा पनि निश्‍चित ठाउँबाट अर्को ठाउँमा प्रवेश गर्न दिँदैन भन्‍ने छ। यसले सरुवा रोग नियन्त्रणमा सघाउ पुग्ने कुरा मैले पनि सुनेको छ।

 विशेषतस् यो कार्ड एक व्यक्तिबाट अर्को व्यक्तिमा सरुवा रोगको संक्रमण नफैलियोस् भन्‍ने हेतुले नै प्रयोग गरिने गरेको उनले सुनाए। ‘यसले संक्रमण कतिको रोक्छ र मानव स्वास्थ्यमा कति फाइदा र हानी गर्छ भन्‍ने बिषयमा अध्ययन भइरहेको छ’ उनले भने, ‘नयाँ अध्ययन भएकाले त्यसबारेमा पर्याप्त जानकारी छैन।

‘भाइरस रिमुभिङ कार्ड’बारेमा आफूलाई जानकारी नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिस्ट डा. शेरबहादुर पुन बताउँछन्। ‘महामारीको बेलामा त्यो कार्ड प्रयोगले केही सघाउ पुर्‍याउला। तर, मलाई त्यस बिषयमा विस्तृत जानकारी छैन, यो अध्ययनको विषय हुन सक्छ,’ उनले भने।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *