Sajhamanch Archive

दाङमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको ती बिरामीलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *