Sajhamanch Archive

पानीमा डुबेर बालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

झापा । झापाको शिवसताक्षी नगरपालिकाका तीन वर्षीय बालकको शुक्रबार पानीमा डुबेर मृत्यु भएको छ ।

शिवसताक्षी–८ का मिलन विष्टका तीन वर्षीय छोराको दिउँसो पानीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको छ ।

लगातारको वर्षाले गाउँघर तथा खेतबालीमा पानीको बहाव बढेको छ । घरअगाडि खाल्डोमा पानी जमेको थियो । खेल्दै गर्दा उक्त खाल्डोमा जमेको पानी डुवेर मृत्यु भएको स्थानीयको भनाई छ । वषैँपिछे वर्खाको पानीले गर्दा किसानलाई बाढीको चिन्ता हुने गरेको छ ।

यसपटक झापाको ९ वटा पालिकामा बाढीको जोखिम रहेको छ । बाढीको जोखिम अन्य पालिकामा समेत बढ्ने क्रममा रहेको छ ।

शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका लगायत झापा, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गाँउपालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको भनाई छ ।

त्यस्तै, भद्रपुर नगरपालिकाको वडा नम्बर १ र २ तथा कनकाई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको उनले बताए ।

बिरिङ, मेची, निन्दा, कमल, रतुवा खोला, बनियानी लगायतका नदीमा पानीको बहाव बढ्न थालेको छ ।

‘सबैभन्दा धेरै झापाको दक्षिणी क्षेत्रमा बाढीको उच्च जोखिममा रहेको छ’, सभापती ढकालले भने –‘कनकाई, रतुवा, बिरिङ, मेची, कमल, बनियानी, टाङ्टिङ लगायतका खोला तथा नदीबाट सतर्क रहनु पर्नेछ ।’

बाढीको पूर्वानुमान अन्तर्गत मोबाइल फोनमा म्यासेज गर्ने, नदीमा पानीको बहावको अवस्था मापन गर्ने, बाढी आउने सम्भावना भए आवश्यक सतर्कता अपनाउनु पर्ने बताइएको छ । यसका लागि उद्धार टोली तयारी अवस्थामा रहेको सभापति ढकालले जानकारी दिए ।

स्रोत : लोकतन्त्र पोस्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *