Sajhamanch Archive

बार्सिलोना बराबरीमा रोकियो

Published: in खेलकुद by .

एजेन्सी । लुइस सुअरेजले दुई गोल गरे पनि सेल्टा भिगोले दुई पटक पुनरागमन गर्दै बराबरी गोल फर्काएपछि बार्सिलोना ला लिगामा सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ ।

सेल्टाले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनासँग अंक खोसेको हो । आएगो असपासले खेल सकिन २ मिनेट बाकी छँदा गोल गरेपछि बार्सिलोना ३ अंक जोड्नबाट चुकेको हो ।

खेलको २०औं मिनेटमा कप्तान लिओनल मेसीको फ्रि-किकलाई सदुपयोग गर्दै सुअरेजले गोल गर्दा बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो हाफमा बार्सिलोनाले अग्रता कायम राखेको थियो । तर ५०औं मिनेटमा फेडोर स्मोलोभले सेल्टाको लागि बराबरी गोल फर्काए ।

६७औं मिनेटमा सुअरेजले फेरि मेसीकै पासमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए । तर जित नजिक पुगेको बार्सिलोनाले ८८औं मिनेटमा गोल खायो। आयगो असपासले फ्रि-किकमा शानदार गोल गर्दै खेल २-२ को बराबरी गरे ।

बराबरीपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै फेरि शीर्ष स्थानमा उक्लेको छ तर १ अंकको मात्र अग्रता छ । ३२ खेलबाट बार्सिलोनाको ६९ अंक छ । एक खेल कम खेलेको रियल ६८ अंकसहित दोस्रो स्थानमा छ । रियलले स्पानयोसँग आइतबार खेल्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *