Sajhamanch Archive

सुनको भाउ हालसम्मकै उच्च

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by .

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलाकै ९१ हजार ३ सय रुपैयाँ पर्ने भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ३ सय कायम गरेको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो । शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ ९१ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि ९० हजार ८ सय ६० तोकिएको छ । शुक्रबार ९० हजार १ सय ६० तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९४५ कायम भएको महासंघले जनाएको छ ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *