Sajhamanch Archive

आगलागीमा परी बालिका घाइते,१५ लाख बराबरको क्षति

Published: in मिडियाबाट साभार, समाज by .

भोजपुर । भोजपुरको अरुण गाउँपालिका वडा नं.३ प्याउलीका कर्ण बहादुर कार्कीको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ भने आगलागीमा परी एक बालिका घाईते भएकी छन् ।

आज दिउँसो साढे १ बजेको समयमा कार्कीको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छानो भएको कच्ची घर र घर भित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट हुँदा करिव १५ लाख बराबरको क्षति भएको हो ।

सो आगलागीमा परी कार्कीको ३ बर्षीया नातिनि बिष्णु माया कार्की घाईते भएकी छन् । घाईतेलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो पौने ३ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *