Sajhamanch Archive

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

विराटनगर । मोरङमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका वडा नं.६ का २२ वर्षीय मो. सजाद मियाँ रहेका छन् ।

धनपालथान गाउँपालिका–५ स्थित सोही ठाउँ बस्ने लखना रायको खेत जोत्ने क्रममा को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिन जाँदा खेतमा काम गरिरहेका मियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने ट्याक्टर चालक शम्भु अमातलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *