Sajhamanch Archive

प्रहरी हवल्दारले कन्चटमा गोली हानी गरे आत्महत्या

Published: in मिडियाबाट साभार, समाज by .

सुनसरी । सुनसरी जिल्ला अदालतमा खटिदै आएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले गोली हानी आत्महत्या गरेका छन् । खतिवडा जिल्ला अदालत सुनसरीको ४ नम्वर जिल्ला न्यायाधिश शंकर बहादुर राईको बडिगार्डका रुपमा सिविलमा खटिएका सुरक्षाकर्मी हुन् ।

सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार अदालतको छतमा गएर खतिवडाले आफुसँग भएको पेस्तोलबाट आफ्नै कन्चटमा गोली हानेको थिए । दाहिने कन्चटमा गोली हानी गम्भिर अवस्थाका बिच उनलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

गम्भिर अवस्थाका खतिवडाको उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । घटनाको कारण भने खुलेको छैन् । सो विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पूर्वेली  न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *