Sajhamanch Archive

कमाण्डरको आदेश अवज्ञा गरेको अभियोगमा जर्नेल बर्खास्त

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेको छ ।

कमाण्डरको लिखित आदेश अवज्ञा गरेको अभियोगमा एक जना जर्नेल र कर्णेल बर्खास्तीमा परेका हुन् ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार बसेको समरी जनरल अदालतलले अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सहायक रथी सरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई दोषी ठहर्‍याएका हो ।

उनीहरुलाई सैनिक ऐन, २०६३ अनुसार कारबाही गर्न सिफारिस गरिएको निर्देशनालयले जनाएको छ । दुई अधिकृतले सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको ठहर गरिएको भनिएको छ ।

सेनाले पद्दति तथा प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण विपरित कार्य गर्नेलाई शून्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *