Sajhamanch Archive

थप ४७३ जनामा कोरोना, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा आज (बिहीबार) थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।

अहिलेसम्म क्वारेन्टाइनमा ३८ हजार १ सय ०९ र आइसोलेसनमा १० हजार १ सय ३७ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ सय ६४ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म निको हुनेको संख्या ५ हजार ३ सय २० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *