Sajhamanch Archive

देशभर आज मौसममा सामान्य बदली हुने

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । देशका सातवटै प्रदेशमा आज मौसममा सामान्य बदली रहने भएको छ । सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति सबै प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *