Sajhamanch Archive

कैलाली सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्ला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कैलाली देशकै सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्ला भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा बिहीबार एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि कैलाली सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्ला भएको हो ।

सुदूरपश्चिम प्रदेशमा बिहीबार ३३३ जना कोरोना सङ्क्रमित थपिँदा कैलालीमा मात्रै १३८ जनामा कोरोना पुष्टि भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९३३ पुगेकोमा कैलालीमा मात्रै सङ्क्रमितको सङ्ख्या ८७४ पुगेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बनाए ।

भारतसँग सीमा जोडिएको कैलालीबाट धेरै नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् । संक्रमितमध्ये अधिकांश भारतबाट फर्किएका हुन् ।

                                                                                                  स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *