Sajhamanch Archive

आजको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ ।

यसैगरी, महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ ।

यस्तै, महाशाखाले आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

शनिबार राति भने देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *