Sajhamanch Archive

पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु,चारजना बेपत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

बझाङ । बझाङको केदार स्युँ गाउँपालिका वडा नं. ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर तीन जनाको मृत्यु भएको छ भने  चार जना अझै बेपत्ता छन् ।

शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले च्यापिएर तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता रहेको स्थानीय कलक बोहराले जानकारी दिए ।

पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका वडा नं.८ का ४२ वर्षीय राममती देवी जेठारा उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शब फेला परेको उनको भनाइ छ ।

गएराती १ बजेतिर गएको पहिरोले माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि स्थानीयको भागाभाग समेत भएको सूदूरपश्चिप प्रदेह प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए ।

अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ ।

पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले बताए ।

उनले स्थानीयले ३ जनाको शव समेत फेला पारिसकेको र अन्यको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।

खोला किनारमा रहेको बाटोमा बाढी आएका कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन । उक्त स्थान पुग्न झोताबाट ३,४ घण्टा उत्तरतर्फ पैदल हिँड्नुपर्छ ।

अन्य क्षतिको विवरण आउन बाँकी छ ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *