Sajhamanch Archive

१८ हजार नेपाली फर्किए

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कोरोना भाइरसका कारण विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको उद्धारको क्रम चलिरहेको छ । धेरैले आफैं पैसा तिरेर फर्किएका छन् भने कुवेतलगायतका केही देशले भने निःशुल्क फर्काइदिएका छन् ।

प्राप्त तथ्यांकअनुसार शनिबारसम्म २१ देशबाट १८ हजार २९३ जना नेपाल फर्किएका छन् भने हालसम्म १४ मुलुकमा रहेका ३५२ नेपालीको मृत्यु भएको छ ।

बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्विडेन र ओमानलगायत देशमा रहेका नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको एनआरएनएका प्रेस संयोजक चिरन शर्माले विज्ञप्तिमार्फत् जनाएका छन् ।

कुवेतले २ हजार ९९१ जना आममाफीमा सहभागीलाई निःशुल्क स्वदेश फर्काइदिएको छ । अफगानिस्तान, अस्ट्रेलिया, ओमान, कतार, म्यान्मार, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, यूएई, साउदी अरब, सिंगापुर, हङ्कङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपालीहरू स्वदेश फर्किएका छन् ।

यसैबीच विदेशमा मृत्यु भएका ३५२ नेपालीमध्ये ११५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ । बाँकी १०५ शवको व्यवस्थापनको काम बाँकी छ । तीमध्ये १३२ नेपालीको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ । विदेशमा विभिन्न कारणले मृत्यु भएका मानिसको शव वैदेशिक रोजगारी बोर्डले निःशुल्क रूपमा घरसम्म पुर्‍याउने गरेको छ ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *