Sajhamanch Archive

आत्महत्या गरेको भिडियो सामाजिक सञ्‍जालमाआए फेसबुकमा रिपोर्ट गर्न मन्त्रालयको अनुरोध

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो समय आत्महत्याको दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आत्महत्या गरेको भिडियोले बालबालिकाको दिमागमा नकारात्मक असर गर्ने बताए ।

उनका अनुसार पछिल्लो एक सातामा दुई महिलाले फेसबुक लाइभ गरेर आत्महत्या छन् । यस्ता आत्महत्या गरेको भिडियोले अझ अन्यमा आत्महत्या गर्न प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकारात्मक असर गर्ने जानकारी दिए । यस्ता भिडियो देखेमा सेयर नगर्न र तुरुन्त फेसबुकलाई रिपोर्ट गरिदिन समेत उनले अनुरोध गरे ।

उनले आफ्नोमा आत्महत्याका बारेमा कुनै समस्या आएमा आफन्त र साथीहरुलाई भन्न समेत अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *