Sajhamanch Archive

प्रदेश १ मा थपिए १८ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा आठ, झापामा चार, सुनसरी, उदयपुर र सोलुखुम्वुमा दुई-दुई जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा पाँच पुरुष र तीन महिला, झापाको शिवसताक्षीमा तीन पुरुष, दमकमा एक महिला, सुनसरीको धरान र इटहरीमा एक- एक पुरुष, उदयपुरको बेलकामा एक महिला र एक पुरुष र सोलुखम्वुको दुधकुण्डमा दुई पुरुषको रिपोर्ट पोजेटिभ मन्त्रालयका प्रवक्ता डा.सुरेश महेताले जानकारी दिए ।

प्रदेश १ मा आज ४२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४ पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा हालसम्म ८ सय २९ जना डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *