Sajhamanch Archive

जोखिम बढेको भन्दै बुद्धशान्तिमा थप कडाई

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

बुद्धशान्ति । विश्व यतिबेला कोभिड १९ को कारणले गर्दा अत्यन्त ग्रसित रहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस का कारणले  नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको लकडाउन श्रावण ७ गतेबाट अन्त्य गरेको छ ।

तर, सरकारले लकडाउन अन्त्य भएको दुई साता नबित्दै स्थानीय क्षेत्रमा मानिसको चहलपहल बढ्न सुरु भएको छ।

झापाको बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्थानहरुमा लकडाउन खुलेसँगै मानिसहरूको आवातजावत बढेको हो। लकडाउन अन्त्य भएसगै बढेको गर्मीमा बुद्धशान्तिका विभिन्न स्थानहरूमा पौडी खेल्न जानेहरुको भिड पनि बढेको छ।

तर जिल्लाका विभिन्न पालिकाहरुमा समुदायमा कोरोना फैलिएको आशंकामा लकडाउनको अवधी थपिएपछी जोखिम बढेको भन्दै बुद्धशान्ति गाउँपालिका क्षेत्रमा आवातजावत र हिड्डुलमा कडाई गरेको छ।

आज गाउँपालिकाले अपिल जारी गर्दै  जिमघर,ट्युसन सेन्टर संचालन नगर्न, खोलानालामा भिड नगर्न,कुनै प्रकारका कार्यक्रमहरु सञ्चालन नगर्न समेत सचेत गराएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *