विराटनगरमा थप एक कोरोना संक्रमितकाे मृत्यु
Published:
by .विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोशी अस्पतालको आइसोलेशनमा भर्ना भएका पुरुषको मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । उनका अनुसार मृतक पुरुषमा कलेजोसम्बन्धी गम्भीर समस्या थियो ।
योसँगै विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोना कारण मृत्यु भएको थियो ।
डाक्टर दासका अनुसार कोरोना भाइरस संक्रमणको आशंकामा उपचार प्रक्रिया अघि बढाइएका साहको बुधबार दिउँसो १ः१० बजेतिर मृत्यु भएको थियो ।
उनलाई परिवारका सदस्यले मंगलबार राति १०ः३० बजेतिर अस्पताल ल्याएका थिए । उनको मृत्यु भएपछि अस्पतालको अवस्था केहीबेर तनावपूर्ण बन्यो ।
चिकित्सकको लापरबाहीले साहको मृत्यु भएको भन्दै अस्पताल परिषरमा परिवारका सदस्य र आफन्तले नाराबाजी गर्दै प्रदर्शन गर्न थालेका थिए ।
प्रहरी परिचालन गरेर भीडभाड हटाउँदै स्थितिलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
Comments