विराटनगरमा थपिए १३ संक्रमित
Published:
by .विराटनगर । विराटनगरमा कोरोना भाइरसका १३ जना नयाँ संक्रमित थपिएका छन् ।
कोशी अस्पतालको प्रयोगशालमा स्वाब परीक्षण गराउँदा पाँच महिला र आठ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ संक्रमित विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ वडाका छन् ।
उनीहरुको रिपोर्ट बुधबारराति प्राप्त भएको हो । महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले उल्लेखित ठेगाना र नामको संक्रमित पहिचान र खोजिका लागि बिहीबार बिहानबाटै टोली खटिएको बताए । बेलुका ढिलो गरि रिपोर्ट आएको हुदाँ महानगरको टोली बिहीबार बिहानैबाट संक्रमित व्यवस्थापनका लागि खटिएको उनले बताए ।
संक्रमित मध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।
जसमा बुधबारसम्म कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आइसोलेसन अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनबाट गरि ४२ जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । महानगरपालिकाभित्र वडा नम्बर ५ र वडा नम्बर ९ का दुई संक्रमितको मृत्यु भएको छ ।
प्रदेश २ बाट उपचारका लागि ल्याइएका दुई जनासहित प्रदेश १ मा मृत्यु भएको संख्या छ पुगेको छ । प्रदेश २ का दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
Comments