झापामा दुई गरी प्रदेश नं. १ मा ६७ जना कोरोना संक्रमित थपिए
Published:
by .विर्तामोड। झापाका दुई गरी प्रदेश १ मा आज ६७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्ये ५२ जना पुरूष र १५ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले गरेको कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा ६४ जना, झापामा २ जना र सुनसरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा झापाको मेचीनगर नगरपालिकाका १५ वर्षीय पुरुष र बिर्तामोड नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् ।
संक्रमण देखिएकाहरू मध्ये मोरङको विराटनगरमा ८ महिला र २४ पुरूष, रंगेलीमा ६ महिला र २३ पुरूष, कटारीमा १ महिला र बुढिगंगामा २ पुरूष रहेका छन् । त्यस्तै, सुनसरीको धरानमा १ पुरूष झापाको मेचीनगरमा १ पुरूष र बिर्तामोडमा १ जना पुरूषमा संक्रमण देखिएको उपडेटमा उल्लेख गरीएको छ ।
मन्त्रालयका अनुसार आज १ हजार ६ सय ९४ जनामा गरिएको परिक्षणमा ६७ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा हाल सम्म ५० हजार १ सय ३२ जनामा गरिएको परिक्षणमा १ हजार ३ सय २२ जनालाइ कोरोना संक्रमण देखिएको छ ।
आज प्रदेश १ का ५ वटा विभिन्न अस्पतालका आइसोलेसनहरूमा ४४ जना नयाँ संक्रमित थपिएका छन् । जसमा, कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र विराटनगरमा ४ जना, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँमा १७ जना, विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा १४ जना, कोभिड १९ आइसोलेसन केन्द्र चौडन्डिगढीमा १ जना र मेची अस्पताल आइसोलेसनमा ८ जना नयाँ संक्रमितको भर्ना गरीएको छ ।
प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । निको भएर डिस्चार्ज हुनेहरूमा उदयपुरका ४ जना पुरूष र मोरङकी १ महिला रहेकी छिन् । यो संगै प्रदेश एक मा डिस्चार्ज हुनेहरूको संख्या ९ सय १० रहेको छ ।
Comments