Sajhamanch Archive

अब उमेर नपुगी विवाह गरे स्वतः बदर

Published: in समाज by .

काठमाडौं । हालसम्म कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो।

अब भने विवाह रद्द नै हुनेछ। वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाउको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागु हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ व्यवस्था गरिएको हो।

संशोधनअनुसार अब विवाह गर्न पाउने न्यूनतम उमेर २० वर्ष हुने समाचार कान्तिपुर दैनिकमा छ। ‘हालसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको थियो,’ कानुन मन्त्रालयका प्रवक्ता रमेश ढकालले भने, ‘तर या संवैधानिक र लैंगिक समानताका आधारमा ठीक र बराबरी देखिएन, त्यसैले केटाकेटी दुवैको विवाह गर्न अब २० वर्ष उमेर पुग्नै पर्छ।’

नयाँ कानुनअनुसार तोकिएभन्दा कम उमेरका केटाकेटीको विवाह गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाका साथै विवाह स्वतः बदर हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *