Sajhamanch Archive

कमल गाउँपालिकामा भाद्र १३ सम्म निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य by .

कमल । कमल र कमल गाउँपालिकामा भदौ १३ गते मध्यरात सम्म लागु हुने गरि निषेधाज्ञा लागू गरिएको छ ।

कोरोना सङ्क्रमित बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले एक प्रेस बिज्ञप्ती जारी गर्दै निषेधाज्ञा जारी गरेको हो ।

गाउँपालिकाभर अतिआवश्यकीय खाध्यान्न लगायतका पसलहरु निश्चित समय खोल्न पाउने गरि समय तोकिएको छ ।

एम्बुलेन्स, सरकारी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा पास भएका सवारी बाहेक अन्य सबै सवारीसाधनलाई रोक लगाइएको छ । निषेधाज्ञा उलंघन गरे सङ्क्रामक रोग ऐन, २०२० र प्रचलित कानुन बमोजिम कारबाही गरिने बिज्ञप्तिमा उल्लेख गरेको छ ।

भदौ ६ गते देखि लागू हुने गरि कमल गाउँपालिकाले लकडाउन गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *