वीरता जेसीजमा बन्यो दीर्घकालीन योजना समिति
Published:
by .बिर्तामोड । वीरता जेसीजमा दीर्घकालिन योजना समितिको गठन भएको छ । जसको सभापतिमा संस्थाका पूर्व अध्यक्ष राजकुमार पोखरेल चयन भएका छन् ।
जेसीजको परिमार्जित विधान अनुसार पोखरेललाई दीर्घकालिन योजना सभापतिमा वीरता जेसीजको कार्यसमितिले चयन गरेको हो । वीरता जेसीजको नेतृत्व हरेक वर्ष परिवर्तन भए पनि पोखरेल सभापति रहेको संस्थाको दीर्घकालिन योजना समितिको कार्यवधि भने तीन वर्षको हुनेछ ।
सो समितिका सदस्यहरुमा शिवकुमार अग्रवाल, बिनोद बस्नेत र प्रमेश हलुवाई (राजकर्णिकार) रहेका छन् । तीनैजना वीरता जेसीजका पूर्व अध्यक्ष हुन् । त्यस्तै समितिको सदस्य सचिवमा वीरता जेसीजका अध्यक्ष एकराज गिरी रहेका छन् ।
समितिले विस्तृतरुपमा संस्थाको भविष्यको तथा दीर्घकालिन योजना, नीति, कार्यविधि तयार गरी काम गर्ने वीरता जेसीजका महासचिव कमलप्रसाद पाण्डे बिनोदले जानकारी दिए ।
वीरता जेसीजको इतिहासमा दीर्घकालिन योजनासहित काम गर्नका लागि यस्तो समिति पहिलोपटक बनेको हो । यस्तो समितिको सभापतिमा चयन गरेकोमा वीरता जेसीजलाई दिगो विकासका साथ अघि बढाउन थप जिम्मेवारी बोध भएको पोखरेलले बताएका छन् ।
बिर्तामोड २ मा संस्थालाई प्राप्त जग्गामा सामुदायिक भवन निर्माणलगायतका काममा अब दीर्घकालिन योजना समिति अग्रसर हुने सभापति पोखरेलले बताए ।
भवन निर्माणका लागि निवर्तमान अध्यक्ष सञ्जु भारतीको संयोजकत्वमा समिति बनेको छ ।
Comments