Sajhamanch Archive

नागरिकता विहीन छन् यी चार नायिका

Published: in टिप्स/जानकारी by .

मुम्बई । बलिउडका चारजना अभिनेत्रीहरूसँग भारतीय नागरिकता नरहेको खुलासा भएकोछ । पूर्वपोर्नस्टार एवम् नायिका सन्नी लियोनी, नायिका नरगिस फाखरी, नायिका ज्याकलिन फर्नान्डिस र नायिका क्याट्रिना कैफको भारतीय नागरिकता छैन ।

क्यानडाको सर्नियामा जन्मिएकी पूर्वपोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोनी बलिउडमा चर्चित नायिका बनेकी छिन् । उनको जन्म १३ मे १९८१ मा भएको थियो ।

उनी इन्डियन–अमेरिकन तथा विवाहित अभिनेत्री हुन् । उनको असली नाम करनजित कौर बोहरा हो । उनको नागरिकता क्यानेडियन–अमेरिकन छ । उनीसँग भारतीय नागरिकता छैन ।

अर्की बलिउड नायिका नरगिस फखरी २० अक्टोबर १९७९ मा अमेरिकाको न्युयोर्क सिटीमा जन्मेकी हुन् । नरगिस अमेरिकी मोडल तथा नायिका हुन् । जो बलिउडमा पनि उत्तिकै चर्चित भइन् ।

उनलाई बलिउडमा त्यति धेरै सफलता मिलेन । सन् २०११ मा प्रदर्शन भएको फिल्म ‘रक स्टार’बाट उनले बलिउडमा फिल्मी करिअर सुरु गरिन् । उनीसँग भारतीय नागरिकता छैन । उनले आफूलाई विश्वको नागरिक भएको बताउँदै आएकी छिन् ।

ज्याकलिन फर्नान्डिस श्रीलंकाली नायिका हुन् । उनी ११ अगस्ट १९८५ मा जन्मेकी हुन् । ज्याकलिनले २००९ मा आएको फिल्म ‘अलादिन’बाट बलिउडमा डेब्यु गरिन् ।

फिल्ममा उनीसँगै रितेश देशमुख र अमिताभ बच्चन मुख्य भूमिकामा थिए । त्यसपछि उनी ‘मर्डर–२’ मा इमरान हासमीका साथमा देखिइन् । उनी श्रीलंकाली नागरिक हुन् ।

भारतीय नागरिकता नहुने पहिलो नम्बरमा पर्छिन् बलिउड नायिका क्याट्रिना कैफ । क्याट्रिनाको असली नाम क्याट्रिना टाँरकुटो हो ।

उनी १६ जुलाई १९८३ मा हङकङका जन्मिएकी हुन् । बलिउडमा क्याट्रिनालाई चर्चित अभिनेत्रीको रूपमा लिइन्छ । उनी हङकङमा जन्मिए पनि उनीसँग बेलायतको नागरिकता छ । क्याट्रिनाले फिल्म ‘बुम’बाट बलिउड करिअर सुरु गरेकी हुन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *