कनकाईमा एकै दिन थपिए ८ जना कोरोना संक्रमित
Published:
by .कनकाई । कन्काई नगरपालिकाका आठ जना स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएको छ । कनकाई नगरपालिका दुर्गापुर क्षेत्रका ८ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
कन्काई नगरपालिका वडा नं ३,७ र १ का दुई महिला र छ पुरुष गरि आठ जना स्थानीयमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
कनकाई नगरपालिका ७ दुर्गापुर बजारका एक ४० बर्षीयऔषधि व्यवायीलाई केहिदिन अघि कोरोना संक्रमण भेटिए पछि गरिएको कन्ट्राक टेसिङ्गमा पुन दुर्गापुर क्षेत्रका ८ जनालाई कोराना संक्रमण भेटिएको कनकाई नगरपालिकाले जनाएको छ ।
यसैगरी कनकाई नगरपालिकाकै घरघरमा गई तथ्याङ्गको टाडा इन्ट्री गर्ने एक जना महिलामा समेत कोरोना भेटिएको छ ।
दुर्गापुर निवासी अर्का एक सहरकारीमा काम गर्ने र थप २ जना उक्त औषधि पसलमा औषधि लिन जाने स्थानीयमा समेत कोरोना देखिएको हो ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ५७६ पुगेको छ । जसमा भद्रपुरमा ३३, मेचीनगर १०७, बिर्तामोड १८, कनकाई २२, अर्जुनधारा २२, दमक ९५, गौरादह १९, शिवसताक्षी १२, बुद्धशान्ति १७, हल्दिवारी १३, कचनकवल १३९, कमल १८, बाह्रर्दशि २१, गौरीगञ्ज २८ र झापाका १२ जना रहेको चौलागाईले बताए ।
Comments