Sajhamanch Archive

शिवसताक्षीका विभिन्न संघ संस्थाबाट पीसीआर ल्याबका लागि उल्लेख्य सहयोग जुटयो

Published: in विविधा, स्वास्थ्य by .

विर्तामोड । झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापना गरिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि विभिन्न दाताबाट आइतबार सहयोग गरेका छन् ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापित पीसीआर ल्याबका लागि आइतबार दुईलाख ५५ हजार तीन सय ८० रुपैयाँ दाताले प्रदान गरेका छन् ।

सोही कार्यक्रममा शिवसताक्षी नपा –११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले २१ हजार एक सय पाँच रुपैयाँ प्रदान गरेका टज

त्यसैगरी मेची वहुमुखी क्याम्पस भद्रपुरका पूर्व प्राचार्य उमानाथ ओलीले ११ हजार रुपैयाँ प्रदान गरेका थिए । विर्तामोड –२ निवासी ओली वंश केन्द्रीय समन्वय समितिका केन्द्रीय महासचिव समेत रहेका उमानाथले ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई उक्त रकम प्रदान गरेका छन्।

त्यसैगरी खुद्रा बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी नपा –११ ले ३५ हजार रुपैयाँ प्रदान गरेको छ ।
त्यस्तै विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद ओलीले ११ हजार रुपैयाँ प्रदान गरेका छन् ।
शुलभ बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी नपा –११ झिलझिलेले २१ हजार रुपैयाँ, आदर्श बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी नपा –९ले ११ हजार रुपैयाँ प्रदान गरेका छन् ।

त्यस्तै शिवसताक्षी–१० आँपटारीस्थित वालनिकुञ्ज माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले एक दिनको तलव बराबर १७ हजार पाँच सय रुपैयाँ , शिवसताक्षी–७ चन्द्रडाँगीस्थित शुक्र माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले एक दिनको तलव वापतको रकम १० हजार छ सय २५ रुपैयाँ प्रदान गरेका छन् ।

त्यस्तै कमल गाउँपालिका –५का गोविन्दप्रसाद मैनालीले १७ हजार रुपैयाँ , शिवसताक्षी नपा –७ का खोदनाथ चापागाईंले ११ हजार एक सय पाँच रुपैयाँ , शिवसताक्षी नपा –११ झिलझिले निवासी वालकुमारी अधिकारी न्यौपानेले पाँच हजार रुपैयाँ , शिवसताक्षी नपा –७ व्याङडाँडा निवासी पृथ्वीनाथ शाहबाट दुई हजार पाँच सय रुपैयाँ शिवसताक्षी–११ दुधे निवासी शिवप्रसाद भट्टराईले १० हजार एक सय २५ रुपैयाँ प्रदान गरेका छन् ।

त्यस्तै कनकाई –३ निवासी रत्नप्रसाद आचार्यले १० हजार एक सय २५ रुपैयाँ प्रदान गरेका छन् । शिवसताक्षी नपा –११ निवासी छवीराज राईले पाँच हजार एक सय रुपैयाँ , शिवसताक्षी नपा –७ निवासी टिकाराम गौतमले पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका छन् ।

उक्त रकम तथा चेक एकका लागि एक’ अभियानका सदस्य तथा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज ओलीलाई उनीहरुले हस्तान्तरण गरेका थिए ।

‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद वस्नेतले अभियानको औचित्यवारे प्रकाश पार्दै पीसीआर ल्यावका लागि दाताहरुले गरेको सहयोग प्रति धन्यवाद दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *