कमल गाउँपालिकामा चार जना कोरोना संक्रमित थपिए
Published:
by .कमल । कमल गाउँपालिकामा आज ४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितहरु ३३, र २५ वर्षका २ जना पुरुष र ७० र ११ वर्षका २ जना महिला रहेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए । संक्रमित सबै कमल गाउँपालिकाका स्थानिय बासी हुन् । गाउँपालिकाले ७५ जना स्वाब संकलन गरी को पिसिआर परीक्षणका लागि पठाएको थियो ।
हालसम्म कमल गाउँपालिकामा ७ सय ५९ जनाको पिसिआर परीक्षण गरिएको छ भने २४ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ ।
Comments