Sajhamanch Archive

भारत लैजादै गरेको ठूलो परिमाणमा गाँजा बरामद

Published: in विविधा, समाज by .

विराटनगर। विराटनगर शसस्त्र प्रहरीले ठूलो परिमाणमा टक्याक्टर सहित गाँजा बरामद गरेको छ ।

सुरक्षा कर्मीलाई छल्दै गाँजा सहित को २ त ६०५७ नम्बरको टक्याक्टर भारततर्फ लैजादै गर्दा शसस्त्र प्रहरीले १ सय ४६ केजी गाँजा बरामद गरेको हो । सुनसरीको गढी गाउँपालिका ३ बस्ने ३४ वर्षीय सुरेशकुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएर खानतालिसका क्रममा उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको कारण निषेधाज्ञाकै बीचमा सशस्त्र प्रहरीलाई ठूलो परिणामको गाँजा लोड गरिएको एउटा ट्याक्टर सुनसरीको धरान, इटहरी र दुहवी हुँदै विराटनगर भित्रिएको सूचना आएपछि प्रहरी उक्त ट्क्याक्टर खोजी गर्न सोमबार विहान नै जुटेको थियो । सशस्त्र प्रहरी बलको रानी विराटनगरस्थित बोर्ड आउट पोस्ट (बीओपी) बाट सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलले नियन्त्रणमा लिन तीन जनाको टोली खटाएका थिए ।

दिनभरको मेहनतपछि सुरक्षाकर्मीलाई छल्दै भारततर्फ लैजाँदै गर्दा ट्याक्टरको पिछा गरेर उनीहरुले साँझ ७ः३० बजे एक सय ४६ किलो गाँजासहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिन सफल भएका थिए ।

पक्राउ परेका बेला ट्याक्टरमा चालक मेहताबाहेक अरु कोही भेटिएनन् । दिनभर विराटनगरमा लुकाएर राख्दै साँझ परेपछि ट्याक्टर भारत कटाउन खोजिएको सशस्त्रको भनाइ छ ।

ट्याक्टर, चालक र ठूलो परिणामको गाँजा विराटनगर महानगरपालिका–१७ आईसीपी (एकीकृत भन्सार जाँच चौकी) जाने सडकबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए । प्लाष्टिकमा प्याक गर्दै ट्याक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर त्यहाँभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको उनको भनाइ छ ।

योसँगै कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाकै समयमा गाँजा भारततर्फ तस्करी हुने गरेको पुष्टि भएको छ । एसपी पौडेलले गाँजाको अवैध ओसारपसार नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा विशेष टोली परिचालन गरेर निगरानी बढाउँदै कडाई थालिएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *