Sajhamanch Archive

एकै दिन १,०६९ जनामा कोरोना संक्रमण,

Published: in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by .

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार ६९ संक्रमितमध्ये ३४४ महिला र ७२५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसहित नेपालमा संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजा ११२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७६८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ७ लाख ५ हजार ५८० जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ८३२ जना र होम आइसोलेसनमा ७ हजार २८० रहेका छन् । आजसम्म देशभर ७ हजार ३९० जना क्वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा १ जना गरी १६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

सोमबार ११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस अवधिमा ५४४ जना डिस्चार्ज भएका थिए । सोमबार थप सात जनाको मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *