कोरोनामुक्त भएपछि कति समयसम्म सुरक्षित ? कोरोना जित्नेहरुलाई खुशीको खबर
Published: (Updated: )
by .काठमाडौं । आइसल्याण्डमा गरिएको एक अध्ययनले कोरोना मुक्त भएकाहरुका लागि खुशी खबर ल्याएको छ ।
कोरोनामुक्त त्यहाँका ३० हजार जनामा गरिएको अध्ययनले कोरोना संक्रमणपछि बन्ने ‘एन्टिबडी’ ९भाइरसप्रतिरोधी शक्ति० ले कम्तीमा चार महिना काम गर्ने पत्ता लगाएको छ । यो नै पहिलो अध्ययन हो, जसले यति लामो समयसम्म प्रतिरक्षा प्रणालीले काम गर्ने दाबी गरेको छ ।
यो अध्ययन आइसल्यान्डस्थित बायोटेक कम्पनी जेनेटिक्सले गरेको हो । जुन अध्ययन प्रतिवेदन द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशन भएको छ ।
यसअघिका सीमित अध्ययनले कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले छोटो समय मात्र काम गर्ने र हराएर जाने निष्कर्ष निकालेका थिए ।
आइसल्यान्डमा गरिएको यस अध्ययनका साथ प्रकाशित सम्पादकीयमा लेखिएको छ–यो नतिजाले के आशा जगाएको छ भने यो घातक भाइरसविरुद्ध बन्ने प्रतिरक्षा शक्ति चाँडै हराएर जाँदैन ।’ बीबीसी
Comments