Sajhamanch Archive

सावधानी अपनाएर असोजबाट विद्यालय सञ्चालन हुने सक्ने

Published: (Updated: ) in विविधा, शिक्षा by .

झापा । कोरोनाको त्रासका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका विद्यालयहरु अब खुल्ने संकेत देखिन थालेको छ ।

गत भदौ १५ बाट भर्ना अभियान संचालन गर्ने संघीय सरकारले निणर्य गरेपनी कोरोना संक्रमण दर बढ्दै गएपछि स्थगन गरेको थियो । प्रदेश १ सामाजिक बिकास मन्त्रालय अन्तरगत शैक्षिक माहाशाखाले गरेको अध्ययन र स्थानीय सरकारको परामर्शमा विद्यार्थी संख्याको आधारमा जोर बिजोर वा २ सिफ्टको ब्यबस्था गरेर संचालन गर्न  सुझाब आएसँगै विद्यालय सञ्चालन गर्ने संकेत देखिएको हो ।

सामाजिक बिकास राज्य मन्त्री जसमाया गजमेरले रेडियो कार्यक्रम बालबालिका र शिक्षामा सञ्चारकर्मी सरोज पौडेलसँग कुराकानी गर्दै अब सरकारले क्षेत्रगत स्थलको अनुगमन र स्थानीय सरकार तथा अभिभावकको समन्वयमा अगाडी बढ्ने बताएकी छिन् । उनले सधैँ विद्यालय बन्द मात्र निकास होइन भन्दै सात वटै प्रदेशबाट केन्द्र सरकारलाई सुझाब मसौदा पठाएको जानकारी दिइन् । उनका अनुसार असोजबाट नयाँ शैक्षिक सत्र शुरु हुन्छ । कोरोना माहामारी कहिले सम्म रहन्छ भन्ने निश्चित नभएकाले अबको एकमात्र विकल्प साबधानी नै हो ।”

यता प्याब्सन झापा अध्यक्ष एलपी उप्रेतीले बिद्यालयहरु तयारी अवस्थामा रहेको भन्दै राज्यले निर्देशन दिए साबधानी अपनाएर संचालन गर्न आफुहरु तयार रहेको बताए ।

यस्तै बिर्तामोड नगरपालिका मेयर ध्रुव कुमार शिवाकोटीले बिद्यालय संचालन गर्ने कुरामा नगर सहमत रहेको बताएका छन । उनले एक गाउँका एक दुई परिवारलाई कोरोना पोजेटिभ देखिएमा पूरा नगरपालिका सिल नगरी सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु पर्ने धारणा राखे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *