Sajhamanch Archive

माइको तटमा फेला पर्यो २५ किलोको माछो

Published: in विविधा, समाज by .

कनकाई । झापामा २५ केजीको अनौठो किसिमको माछो फेला परेको छ । झापा गाउँपालिकाको ठुलो माइको तटमा अनौठो अंजगको माछो फेला परेको हो ।

उक्त माछो झापा गाउँपालिका २ निवासी स्थानीय असोक मुखियाले उनको परिवारले खोलामा हिजो फेला पारेका हुन । स्थानीय भाषामा उक्त माछालाई बगाह जातको भनिने असोक मुखियाले बताए ।

उक्त माछो हालसम्म गाउँपालिकामामै फेला परेको ठुलो माछो भएको झापा बजार व्यावस्थापन समितिका अध्यक्ष विकास अग्रवालले बताएका छन् ।

उनले सो माछालाई मोटरसाईकलमा हालेर स्थानीय झापा बजारमा ल्याएर प्रतिकिलो एक हजारका दरले बिक्री गरेका थिए । अनौठो माछो हेर्न र किन्न मानिसको भिड भएको थियो । आफुले उक्त एउटै माछो २५ किलो विक्री गरेर केहि किलो खानका लागि घर समेत लगेको मुखियाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *