Sajhamanch Archive

१ हजार ३९ जना कोरोना संक्रमित थपिए, १ हजार १७३ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १६५ जनाको परीक्षणमा १०३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५४ हजार १५९ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १७३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *