Sajhamanch Archive

प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि विराटनगर महानगरको सेवा बन्द

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

विरानगर । विराटनगर महानगरपालिकाले प्रदान गर्दै आएको सेवा पाँच दिनका लागि बन्द भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको अत्यावश्यक बाहेक अन्य सेवा पाँच दिनका लागि बन्द भएको हो ।

आइतबार बिहान प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरेलको कन्ट्याक ट्रेसिङमा मेयर भीम पराजुली र महानगरका अन्य कर्मचारी पनि परेपछि विराटनगरको सेवा पाँच दिन बन्द गर्ने निर्णय भएको मेयर पराजुलीले बताए ।

२९ भदौबाट २ असोजसम्म रहने बन्दमा स्वास्थ्य, सरसफाई, वरुणयन्त्रसहित अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *