असोज १ गते बिरामी दिवस, घरघरमा दीपावली गर्न आह्वान
Published:
by .काठमाडौं । अन्तर्राष्ट्रिय बिरामी दिवस आउँदो असोज १ गते नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइँदैछ ।
सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघले घोषणा गरेको बिरामी दिवस केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै मनाइने स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।
बिरामी दिवसलाई यस वर्ष स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको छ । यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ तय गरिएको छ । स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म बिरामी सुरक्षित नहुने भएकाले यस वर्षको बिरामी दिवस स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरेको डा. पोखरेलले बताए ।
बिरामी सुरक्षित नहुने भएकाले यस वर्षको बिरामी दिवस स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरेको डा. पोखरेलले बताए । असोज १ गते साँझ ८ बजे सम्पूर्ण देशबासीलाई दिपावली गरेर स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउन सरकारले आह्वान गरेको छ ।
Comments