Sajhamanch Archive

अब २ हजारमै पीसीआर परीक्षण गरिने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना संक्रमणका लागि अब दुई हजार रुपैयाँमै पीसीआर परीक्षण गरिने भएको छ । अब देशभरका सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

उनले भने, “रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो ।”

यसअघि पीसीआर परीक्षण शुल्क पाँच हजार ५०० तोकिएको थियो । पछि सरकारले ४ हजार ४०० तोकेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *