Sajhamanch Archive

झापामा बञ्चरो प्रहार गरी छोराले गरे आमाको हत्या

Published: (Updated: ) in समाज, स्थानीय तह by .

झापा । झापाको कमल गाउँपालिकामा बञ्चरोले हानेर छोरोले आमाको हत्या गरेका छन्।

कमल गाउँपालिका वडा नं.७ बाह्रघरेका २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी आफ्नी आमा ५० वषीया मीरा ऋषिदेवको हत्या गरेका हुन्।

प्रहरीका अनुसार आइतबार राति ७ बजे मादक पदार्थ सेवन गरी घर पुगेका दिनेशले घरायसी वादविवादको क्रममा आमालाई बञ्चरो र ढुंगाले टाउको र खुट्टामा प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दमकको टोलीले छोरा दिनेशलाई पक्राउ गरी अनुसन्धानका लागि दमक लगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *