Sajhamanch Archive

सशस्त्र प्रहरी बल टाँघनडुब्बाले ब्राउनसुगर र दुईवटा मोटरसाइकल वरामद

Published: in समाज by .

बिर्तामोड । झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल टाँघनडुब्बा बीओपीको टोलीले गएराति लागुऔषध ब्राउन सुगरसहित दुईवटा मोटरसाईकल बरामद गरेको छ ।

विशेष जानकारीको आधारमा सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधान नेतृत्वको टोलीले लागुऔषध कारोबारीलाई पिछा गर्दै जाँदा झापा गाउँपालिका वडा नं. ६ भृकुटी चोकमा फेला पारेको थियो । त्यस ठाउँमा पुग्नुअगावै दुईवटै मोटरसाइकल छोडेर लागुऔषध कारोवारी भागेको र प्रहरीले धेरै समयसम्म धानबारीमा खोजतलास गर्दा नभेटिएको जनाएको छ ।

सशस्त्र प्रहरीले लागुऔषध कारोबारीले प्रयोग गरेको मे २ प ७९४ र मे ११ प ८०७५ नम्बरका दुईवटा मोटरसाइकल र २३.९ ग्राम ब्राउन सुगर बरामद गरेको टाँघनडुब्बा बीओपीले जनाएको छ।

सशस्त्र प्रहरी निरीक्षक प्रधानले अनुसार बरामद गरिएको लागुऔषध र मोटरसाईकल इलाका प्रहरी कार्यालय कुमरखोदलाई आवश्यक कारबाहीका लागि बुझाएको जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *