Sajhamanch Archive

प्रदेश १ मा थपिए ८७ कोरोना संक्रमित, १५ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये मोरङमा ५५ जना छन् । त्यस्तै, सुनसरीमा २४ जना, झापामा २ जना, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको कटहरीमा २ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, विराटनगरमा १ महिला र १३ पुरुष, बुढीगंगामा ५ महिला र ८ पुरुष, ग्रामथानमा २ महिला र ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी, सुनसरीको इनरुवामा १ महिला र १३ पुरुष, धरानमा २ महिला र २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमल गाउँपालिकामा १ महिला र १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ ।

प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *