Sajhamanch Archive

१०२ पत्रकारमा कोरोना संक्रमण, प्रदेश १ मा १७

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । नेपालमा अहिलेसम्म एक सय दुईजना पत्रकारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम बाहेक बाँकी ६ प्रदेशका एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए ।

सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *